काठमाडौं र सिरहा नापी कार्यालयका हाकिम घुससहित पक्राउ

  २०७३ असोज २० गते ११:१९     विकासन्युज

ciaaकाठमाडौं, २० असोज । काठमाडौं र सिरहा मालपोत कार्यालयका हाकिमहरु घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुबैं कार्यालयका हाकिमहरुलाई घुस रकम सहित रंगेहात पक्राउ गरेको हो ।

चावहिलस्थित नापी कार्यालय प्रमुख उप सचिव हजारी यादव र सर्वेयर जितेन्द्र पण्डितलाई घुस रकम सहित पक्राउ परेका हुन् । उनीहरु दुई लाख रुपैंयाँ घुससहित पक्राउ परेका हुन् ।

त्यस्तै, सिराहा मालपोत कार्यालयका प्रमुख ज्ञानराज लम्साल पनि घुससहित पक्राउ परेका हुन् । लम्साललाई सेवाग्राहीसँग ४० हजार रुपैंयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको हो ।

उनीहरुलाई हिरासतमा राखेर आयोगले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.