दसैंको मुखमा सौर्य एयर ग्राउण्डेड, दैनिक २५० यात्रु प्रभावित

  २०७३ असोज २० गते ८:०८     विकासन्युज

काठमाडौं २०, असोज । दसैंको मुखैमा नियमति उडानको सौर्य एयरलाइन्स ग्राउण्डेड भएको (विग्रिएर थन्किएको) छ । बुधबार विहान विराटनगरबाट काठमाडौं आएपछि जहाजको कोपाइलटतर्फको अगाडिको झ्यालको सीसा टुटेको छ ।
saurya--air111
सीसामा देखिएको सानो क्र्याकले पनि विन्डो हिटमा समस्या आउने भएकोले जहाज ग्राउण्डेड भएको समाचार विहिबारको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

सीसामा देखिएको सानो समस्या भएपनि ग्राहकको सुरक्षा संवेदशीलतालाई ध्यानमा राखेर जहाज ग्राउण्डेड गरिएको सौर्य एयरलान्यसका प्रवन्ध निर्देशक गोपाल भट्टराईले बताए ।

उनका अनुसार झ्यालको सीसा नै फेर्नुपर्ने र त्यसो सामान अमेरिकाबाटै मगाउनुपपर्छ । यसका लागि करिब ३० देखि ४० लाख खर्च लाग्ने उल्लेख छ । अमेरिकादेखि सामान मगाउने र ल्याएर जडान गर्दा तीनचार दिन लाग्ने एयरलाइन्सको भनाइ छ ।

५० जना यात्रु बोक्ने यो वायुसेवासँग एउटा मात्रै जहाज भएकोले पनि सानो समस्या आउँदा पनि शत् प्रतिशत उडान रद्द हुने गरेको छ । यो वायुसेलाई काठमाडौंबाट विराटनगर, नेपालगन्ज र भद्रपुरको लागि दैनिक ५ देखि ६ वटासम्म उडान गर्ने गरेको छ । जहाज ग्राण्डेड हुँदा दैनिक साढे दुई सय देखि ३० सय जना प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.