दशैं मनाउन पाँँच लाखले उपत्यका छोडे, १५ लाखले गाँउ जान टिकट काटिसके

  २०७३ असोज २० गते ७:४५     विकासन्युज

काठमाडौं २०, असोज । दशैं मनाउन उपत्यका छाड्नेहरूको संख्या दैनिक बढेको छ । पाँच दिनयता करिब पाँच लाख सर्वसाधारणले उपत्यका छाडेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

नागढुंगा नाकाबाट मंगलबार मात्र पाँच हजाAraniko_busर सात सय पाँच सवारीसाधनमार्फत ६४ हजार तीन सय ५९ सर्वसाधारण बाहिरिएका छन् ।
सबै नाकाबाट गरेर सवा लाख सर्वसाधारण मंगलबार बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सबै नाकाबाट मंगलबार १० हजार ६६ सवारीसाधन बाहिरिएका थिए । मंगलबारभन्दा बुधबार नाकाबाट बाहिरिनेको संख्या बढेको समाचार बिहिबारको नेपाल समाचार पत्रमा छापिएको छ ।

दसैँमा हरेक वर्ष करिब २० लाख सर्वसाधारणले उपत्यका छाड्छन् । त्यसमध्ये करिब १८ लाखले सार्वजनिक यातायात प्रयोग गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

यो वर्ष १४ लाखभन्दा धेरै टिकट बिक्री भइसकेको छ । फूलपातीको अघिल्लो दिन, फूलपाती र अष्टमीको दिनमा सबैभन्दा धेरै यात्रु बाहिरिने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.