२०७३ असोज १९ गते १३:३६ विकासन्युज
काठमाडौं, १९ असोज । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा विशाल अग्रवाल नियुक्त भएका छन् । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई आगामी एक कार्यकालका लागि सञ्चालकमा नियुक्त गरेको हो ।
अग्रवालको कार्यकाल असोज १८ गतेबाट शुरु भएको छ । नियुक्त भएको दिन देखि नै अग्रवालले इन्स्योरेन्सको सञ्चालकको जिम्मेवारी सम्हाली सकेका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.