जगदम्बा स्टिल्स्ले पायो नेपाल गुणस्तर अवार्ड २०१५

  २०७३ असोज १८ गते २०:१९     विकासन्युज

काठमाडौं, १८ असोज । जगदम्बा स्टिल्स् प्रा.लिले नेपाल गुणस्तर अवार्ड २०१५ प्राप्त गरेको छ । उच्च गुणस्रीय उत्पादन तथा व्यवस्थापनका लागि नेपाल गुणस्तर तथा नापतौल विभागले हरेक वर्ष प्रदान गर्न ‘एनएस क्वालिटी अवार्ड २०१५ यस पल्ट जगदम्बा स्टिल्स्ले पाएको हो ।

jagadamba
विभागले आयोजना गरेको १७ औं गुणस्तर समारोहमा उक्त अवार्ड उद्योगमन्त्री नविन्द्रराज जोशिले कम्पनीका प्रवन्धक सञ्चालक साहिल अग्रवाललाई प्रदान प्रदान गरेका छन् । यस अवार्ड ग्रहण गरे पछि कम्पनीले आफ्नो उत्पादलाई नेपालकै सर्वोत्कृष्ट गुणस्तर पाएकोमा सम्पूर्ण ग्राहकहरु तथा शुभचिन्तकहरुलाई धन्यवाद दिंदै भविष्यमा अझ बढी गुणस्तरप्रति सजग भई कार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.