चिल आँखामा राजधानी सुरक्षा, सीसीटिभीमार्फत दसैंलाई राजधानीको सुरक्षा संयन्त्रमा कडाई

  २०७३ असोज १८ गते ९:४६     विकासन्युज

काठमाडौं १७, असोज । दसैं छेको गाइने नेपाली समाजमा प्रचलित यो बाल गीतले एउटा सत्य बोल्छ । दसैंका बेला गाउँ सहरमा चोरी डकैती बढ्छ। विगतका घटनाले पनि यसलाई पुष्टी गर्दै आएका छन् ।cc-camera

उपत्यकामा दसैंका बेला बढ्न सक्ने चोरी डकैतीलगायत अपराधिक घटनाप्रति यसपाली भने प्रहरी अलिक बढी नै चनाखो बनेको छ ।

यस्ता घटना नियाल्न उसले चिलको साथ लिएको छ । इगल आइ नाम दिइए पनि प्रहरीको यो अभियानमा चिल नामक पन्छी भने सक्रिय हुने छैन ।

चिलले आकाशमा कावाँ खाँदै जमिनका चल्ला नियालेझैं चाडपर्वका बेला भिडभाडमा हुनसक्ने लुटपाट, चोरी, झै झगडालाई ‘ईगल आई’ नाम दिइएका ३ सय ३५ वटा सिसिटिभी क्यामेरेलाई नियाल्नेछन् । र प्रहरीलाई झटपट घटनास्थल पुग्न सघाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.