लाइफ अटोमोबाइलद्धारा ‘पुन्टो प्युअर’ कार नारायणघाटमा सञ्चालनमा

  २०७३ असोज १७ गते १५:४२     विकासन्युज

नारायणघाट, १७ असोज । नेपालका लागि फियाट् कारको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले ‘पुन्टो प्युअर’लाई नारायणघाटमा सार्वजनिक गरेको छ । ‘बेस्ट–इन–क्लास’ सुविधा भएको युरोपियन ह्याचब्याक अब स्थानीय डिलर युरो अटोमोटिभमा उपलब्ध हुने छ ।

punto_pure_in_narayanghat

कम्पनीको अनुसार पुन्टो प्युअर आकर्षक विशेषता भएको इन्ट्रि–लेभल ह्याचब्याक हो । बलियो बनोट, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लेरेन्स र प्रिमियम डिजाइनका कारण यो कारलाई काठमाडौंमा रुचाइएको छ । उक्त कारमा चार वटा सिलिन्डर भएको १.२ लिटर फायर पेट्रोल इन्जिन जडान गरिएको छ । यसले ६ हजार आरपीएममा ६८ पीएस उर्जा र २५०० आरपीएममा ९६ एनएम टर्क उत्पन्न गर्छ । पुन्टो प्युअर ‘एक्जोटिक रेड’, ‘हिपहप ब्ल्याक’ र ‘ह्वाइट’ गरी तीन रंगमा उपलब्ध रहेको छ ।

कम्पनीका अनुसार पाँच वटा ढोका भएको यो युरोपेली ह्याचब्याकमा अवार्ड–प्राप्त इन्जिन जडान गरिएको छ जसले कम इन्धन खपतमा शक्तिशाली उर्जा पैदा गर्छ । पुन्टो प्युअरमा पाँच स्पिडको म्यानुअल ट्रान्समिसन छ । ४५ लिटर क्षमताको फ्युल ट्यांक भएको यो इटालिन कारले १५ दशमलब ७ केएमपीएल माइलेज दिन्छ । पुन्टो प्युअरको इन्टेरियर यसको अघिल्लो संस्करण पुन्टो इभोबाट प्रभावित छ ।

कम्पनीका अनुसार यसमा पाँच जना मानिस सजिलैसँग यात्रा गर्न सक्नेछन् । कारको बुट स्पेस २८० लिटर छ । पुन्टोको आकार ‘क्लास लिडिङ’ हो । ठूलो आकारका कारण यो कारले सडकमा आफ्नो बलियो उपस्थिति देखाउनेछ । पुन्टो प्युअरमा १४ इन्चको स्टिल ह्विल र कालो रंगको आउटर रियर भ्यु मिरर (ओआरभीएम) जडान गरिएको छ । पुन्टो प्युअरमा ‘फलो मि हेडल्याम्प’ छ जसले इन्जिन बन्द भइसकेपछि पनि केही समयका लागि हेडल्याम्पलाई बालिराख्नेछ ।

सिटको हेडरेस्टलाई एड्जस्ट गर्न सकिन्छ, पछाडिको सिटमा हेड रिस्टे«न्टसमेत राखिएको छ जसले यात्रालाई आनन्ददायी बनाउँछ । यसको ग्राउन्ड क्लेरेन्स १९५ मिलिमिटर रहेको छ जुन यो क्लासकै सबैभन्दा बढी हो । यसमा फायर प्रिभेन्सन सिस्टम पनि जडान गरिएको छ जसले दुर्घटनाको समयमा इन्धन आपुर्तिलाई काटिदिने कम्पनीको विश्वास छ ।

उक्त कार चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष राजन गौतमले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.