हानको अध्यक्षमा अमरमान शाक्य, २१ सदस्यीय नयाँ कार्यसमिति छनोट

  २०७३ असोज १७ गते ८:२०     विकासन्युज

काठमाडौं १७, असोज । होटल संघ नेपाल (हान)मा अमरमान शाक्य चयन भएका छन् । हानलको ४५ औं अधिवेनबाट ताहाचलस्थित अमर होटलका संचालक शाक्यर्लाइ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

हानको अहिलेसम्मको इतिहासमा अध्यक्ष निर्विरोध नै चयन गर्ने गरिएकोले यो पटक पनि सोही मापदण्ड लागू गरिएको हानले बताएको छ । हानको आगामी दुई वर्षे कार्यकालका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।amar-man-shakya

कार्यसमितिको प्रथम उपाध्यक्ष होटल अन्नपूर्णकी संचालिका सिर्जना राणा, द्वितिय उपाध्यक्षमा शंकर होटलका संचालक विनोद शंकर श्रेष्ठ, महासचिवमा एयरपोर्ट होटलका संचालक विनायक शाह चयन भएका छन् । शाहले महासचिवमै आफ्नो कार्यकाल दोहोर्याएका हुन ।

कार्यसमितिको कोषाध्यक्षमा पार्क भिलेज रिसोर्टका संचालक सुनिल शाक्य चयन भएका छन् । क्षेत्रिय होटलमा पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष विप्लव पौडेल, क्षेत्रीय होटल संघ चितवनबाट घनश्याम श्रेष्ठ कार्यसमिति सदस्य चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष शाक्यले पर्यटन क्षेत्रमा होटलको महत्व स्पष्ट पारेर अगाडि बढ्ने बताए । पर्यटन क्षेत्रमै सबैभन्दा बढी लगानी भएको यो क्षेत्रलाई सरकारले प्राथमिता नदिएको र पर्यटन क्षेत्र नै ओझेमा परेकोले आफ्नो कार्यकालमा होटल क्षेत्रकै स्थायित्वको लागि आफूले पहल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.