जियोनि पी सेभेन म्याक्स र एस सिक्स प्रो मोबाइल नेपाली बजारमा

  २०७३ असोज १६ गते १८:२५     विकासन्युज

काठमाडों, १६ असोज । दसैंको अवसरमा जियोनिले नेपाली बजारमा २ नयाँ स्मार्टफोनहरु ल्याएको छ । जियोनिले थप दुई एस सिक्स प्रो र पी सेभेन म्याक्स मोबाइन नेपाली बजारमा ल्याएको हो ।
gionee_mobileकम्पनीका अनुसार पी सेभेन म्याक्समा अत्यन्त आकर्षक र चम्किलो डिजाइन रहेको छ । यसमा ५.५ इन्चको एच डि स्क्रिन रहेको छ । फोनमा १३ मेगापिक्सेलको रियर क्यामेरा र स्क्रिन फ्ल्याश सहितको ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । रियर क्यामेरामा फास्ट शटर स्पिड र फास्ट फोकस यसको विशेषता हो ।

पी सेभेन म्याक्समा २.२ गिगाहर्जको अक्टाकोर मिडियाटेक पी टेन प्रोसेसर छ र ३१०० एम ए एचको ब्याट्री रहेको छ । यसमा ३ जी बि र्याडम र ३२ जी बि इन्टरनल स्टोरेज रहेको छ । अन्य जियोनि स्मार्टफोनझैं यसमा पनि डि टि एस साउन्ट प्रविधि छ । एन्ड्रोइड ६.० मा आधारित जियोनिको अमिगो ३.२ यु आई पी सेभेन म्याक्समा छ । बजारमा यसको मूल्य २१ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, एस सिक्स प्रो भने एस सिक्स एसको परिष्कृत मोडेल रहेको कम्पनीले जनाएको छ । ४ जी बि र्याम र ३२ जी बि स्टोरेज रहेको यो फोनमा ६४ बिटको अक्टाकोर १.८ गिगाहर्ज हेलियो पी टेन प्रोसेसर रहेको छ । फोनमा पूर्ण मेटालिक बडि रहेको छ जसमा गोरिल्ला ग्लास ३ ले सुरक्षित ५.५ इन्चको १०८०पी एफ एच डि २.५ डी वाटर ड्रप डिस्प्ले छ ।

एस सिक्स प्रोमा १३ मेगापिक्सेलको रियर क्यामेरा र स्क्रिन फ्ल्यास सहितको फ्रन्ट क्यामेरा छ । एस सिक्स प्रोमा फ्रन्ट फिङ्गरप्रिन्ट स्क्यानर पनि छ जुन फोटो खिच्नका लागि समेत प्रयोग गर्न सकिन्छ । यो डुअल सिम सेटमा ३१३० एम ए एचको ब्याट्री र यु एस बि टाइप सी चार्जिंग छ । फोनमा एन्ड्रोइड ६.०.१ मा आधारित जियोनिको आफ्नै यु आई अमिगो ३.२ छ । बजारमा यसको मूल्य ३४ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यो फोन सिल्भर, गोल्ड, र रोज गोल्ड रंगमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.