एनसेल मेलामा रमायो धरान

  २०७३ असोज ७ गते १४:०८     विकासन्युज

काठमाडौ, ७ असोज । देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले बिहीबार धरानको पब्लिक हाईस्कुल मैदानमा भव्य एनसेल मेलाको आयोजना गरेको छ । रि—ब्राण्डिङ्ग पश्चात नजिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न आयोजना गरिएको यस मेलामा सबै उमेर समुहका दर्शकहरुले भरपुर मनोरन्जन लिएको थिए ।

ncell_mela_dharan1एनसेल मेला नारायणगढ, पोखरा, बुटवल हुँदै बिहीबार धरान पुगेको थियो । बिहान ११ बजेबाट शुरु भएको मेलामा दिउसो २ बजे पछि सांगीतिक प्रस्तुतीहरुसँगै रमझम र रौनक बढेको थियो । आगन्तुकहरुले एकदमै उत्साहजनक सहभागिता जनाएको यस मेलामा चर्चित कलाकार तथा सांगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, कमेडी, जादु, किडस् जोन र फुड स्टलहरु विषेश आर्कषण रहेका थिए ।

ncell_mela_dharanचर्चित कलाकार सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, डिजे रुपेश र सांगीतिक समुह एक्स व्याण्डको प्रस्तुतीहरुले दर्शकहरुलाई गीत संगीतमा झुम्दै नाच्न प्ररित गरेका थियो भने हाँस्य कलाकार सन्दिप क्षेत्रीको प्रस्तुतीले दर्शकहरुलाई आफ्नो हाँस्यव्यङ्ग्यबाट मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी कार्टुन्ज क्रु र युभि एन्जल्स्को साँझको विषेश प्रस्तुतीे दर्शकहरुले मन पराएका थिए ।

मेलाको विषेश आर्कषण कन्सर्टमा, गायक सुगम पोखरेलले ‘झिल्के’, ‘प्रेम गीत’ र ‘साथी’ मिलन अमात्यले ‘गाला रातै’, ‘स्लोली स्लोली’ र ‘कुरा खाँटी हो’, शिव परियारले ‘क्या दामी भो’, ‘रुपौली रानी’ र ‘संगी ढुब्दैछु आज’ जस्ता चर्चित गीतहरु गाएर दर्शकहरुलाई गाँउदै नाच्न प्ररित गरेका थिए । एक्स ब्याण्डले आफ्नो लोकप्रिय गीतहरु ‘लुक्न देउ’, ‘एउटा चिठ्ठी’, र ‘चिया बारीमा’ अनि लाउरेले ‘नेपहपको बाटो’, ‘हाउ्डे’ र ‘तितो सत्य’ प्रस्तुत गरेर दर्शकहरुलाई थप उत्साहित बनाएका थिए ।

ncell_mela_dharan2मेलाका सबै स्टलहरुमा आगन्तुकहरुले चाख लिएर सहभागिता जनाएका थिए । मेलामा दर्शकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउनुका साथै डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था पनि मिलाईएको थियो । एनसेल हाईटेक जोन, मगसट फोटो बुथ र गेम स्टलहरुमा बाक्लै भीडभाड रहेको थियो भने लाखे नाच, चंगा चेट प्रतियोगिता र दशैं पिंगले मेलाको रौनक थप बढाएको थियो ।

सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेम स्टलहरु मेलामा राखिएका थिए । गेम स्टलहरुमा दर्शकले विभिन्न गिफ्टहरु पनि पाएका थिए । बालबालिका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका थिए । त्यसैगरी, मेलामा दर्शकहरुले विभिन्न नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको मज्जा लिन पाएका थिए ।

“एनसेल मेलाको माध्यमबाट आफ्ना ग्राहकमाझ पुगी नजिकिदै गरेको चाडपर्वको अबसरमा खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न पाएकोमा हामी हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । “मेलामा आगन्तुकहरुको उत्साहजनक सहभागिता रहेको छ यसले गर्दा परिवारजन, आफन्त र साथीभाईसँग रही खुसी साट्न थप उर्जा प्रदान गरेको हामीले विश्वास लिएका छौ ।”

नारायणगढ, पोखरा, बुटवल र धरान पश्चात अब एनसेल मेला असोज ८ मा बिर्तामोड पुगेर आयोजना पश्चात समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.