ठूल्ठूला घर तर पूर्जाविहिन, एउटा शहर नै पूर्जाविहिन

  २०७३ असोज ७ गते ८:४१     विकासन्युज

काठमाडौं ७, असोज । पूर्वपश्चिम राजमार्गमा राप्ती अञ्चल प्रवेशको पूर्वी ढोका हो भालुवाङ बजार। करिब चार दशकअघि सामान्य ‘चिया झुपडी’ बाट सुरु भएको भालुवाङ बजारमा अहिले पाँचौ तलासम्मका ठूलाठूला घर बनिसकेका छन्। तर, अहिलेसम्म भालवाङवासीसँग भूस्वामित्व नभएको खबर शुक्रबारको अन्नपूर्ण पोष्ट्मा छापिएको छ।

फाइल तस्बिर

फाइल तस्बिर

देउखुरी क्षेत्रमा एउटा स्थापित बजारको रुपमा परिचय बनाइसकेको भालुवाङ बजारेको मुख्य सहर नै लालपुर्जाविहीन छ। त्यहाँ ठूलाठूला पक्की घर बनेका छन् तर घरमालिकसँग कुनै स्थायी प्रमाणपत्र छैन, न जग्गाको न घरको । यो जमिन अहिले पनि राष्ट्रिय वनकै नाममा छ। यो बजारमा दैनिक करौडौको कारोबार गर्ने राष्ट्रियस्तरका निजी बैंकहरु समेत छन् ।

२०२५ सालतिर पूर्वपश्चिम राजमार्गको सुरूवाती दिनमा यहाँ सामान्य चिया बेच्ने व्यपारी पसल थिए। जब राजमार्ग व्यस्त हुन थाल्यो अनि यो बजार पनि चर्कदै जान थाल्यो । अहिले पूर्व क्षेत्रको प्रमुख व्यापारिक केन्द्रका रुपमा यो बजार स्थापित भइसकेको छ।

– अहिलेसम्म भालुवाङवासीसँग भूस्वामित्व छैन

– जमिन अहिले पनि राष्ट्यि वनकै नाममा

– ३१ विगाहाभन्दा बढी क्षेत्रफल बजार फैलिएको

– नगर विकासले दिएको ३०छ रुपैयाँको रसिदबाहेक कुनै प्रमाण छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.