अल्पाइन डेभलपमेन्ट बैंकको संस्थापक निर्देशकमा अधिकारी नियुक्त

  २०७३ असोज ६ गते १६:१३     विकासन्युज

काठमाडौं, ६ असोज । अल्पाइन डेभलपमेन्ट बैंकको संस्थापक निर्देशकमा शुदर्शनप्रसाद अधिकारी नियुक्त भएका छन् । भदौ २५ गते बसेको कम्पनीको १६औँ सञ्चालक समितिको बैठकले अधिकारीलाई दोश्रो कार्यकालका लागि संस्थापक निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अधिकारीले आगामी चार बर्षसम्म कम्पनीको संस्थापक निर्देशकको जिम्मेवारी सम्हाल्नेछन् । कम्पनीले संस्थापक निर्देशकमा अधिकारी रहेको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.