फिफा बरियातामा नेपाल २ स्थान उक्लियो

  २०७३ भदौ ३० गते १२:४०     विकासन्युज

anfaकाठमाडौं, ३० भदौ । विश्व फुटबल महासंघ(फिफा)को बरियातामा नेपालले दुई स्थान सुधार गर्दै १८६ औं स्थानमा उक्लिएको छ । फिफाले हरेक महिना सार्वजनिक गर्ने बरियाताक्रममा नेपालले दुई स्थान सुधार गर्दै १८६ औं स्थानमा पुग्न सफल भएको हो ।

दक्षिण एशियामा भने नेपाल चौथो स्थानमा कायमै छ । सार्क मुलुकहरुमा भारत १४८ औं बरियातासहित शीर्ष छ । चार स्थान सुधार गर्दै अफगानिस्तान दोश्रो स्थानमा पुगेको छ । फिफाका तत्कालिन अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको आरोपमा फिर्फाले बर्खास्त गरेपछि नेपालको फुटबलमा सुधार हुँदै आएको छ ।

अझ कप्तान सागर थापा लगायतलाई म्याच फिक्सिङको आरोपमा पक्राउ गरिएपछि नेपाली फुटबलमा नयाँ युग आरम्भ भएको आँकलन गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.