इरानद्वारा दोस्रो आणविक विद्युत परियोजना निर्माण शुरु

  २०७३ भदौ २८ गते ९:४०     विकासन्युज

इरान, २५ भदौ । इरानले शनिबार रसियाली सहयोगमा दोस्रो आणविक विद्युत् परियोजना निर्माण शुरु गरेको छ ।

इरानद्वारा विश्व शक्ति राष्ट्रको पहलमा भएको आणविक हतियार सम्झौतापछि शुरु गरिएको यो ठूलो आणविक परियोजना हो । आणविक विद्युत् परियोजना निर्माणका लागि आठ अर्ब पाँच करोड अमेरिकी डलर लाग्ने बताइएको छ । परियोजनाबाट जम्मा एक हजार ५७ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

इरानको दक्षिणी बन्दरगाह सहर बुसेहरमा निर्माण हुने यो आणविक परियोजनाअन्तर्गत दुईवटा ‘पावर प्लान्ट’ निर्माण गरिनेछन् । उक्त ‘पावर प्लान्ट’ निर्माण आगामी १० वर्षभित्र पूरा गर्ने उद्देश्य रहेको बताइएको छ । परियोजनाअन्तर्गत दोस्रो प्लान्ट निर्माण सन् २०१८ पछि शुरु गरिनेछ ।

इरानमा यो बृहद् विद्युत् परियोजनाको निर्माण इरानले आणविक सम्झौताबाट पाएको सुविधाको परिणाम मानिएको, इरानी वरिष्ठ उपराष्ट्रपति इशाक जहानगिरीले उक्त परियोजनाको समुद्घाटन समारोहमा बताए । उनले आगामी दिनमा यस्ता सामरिक महत्वका परियोजना निर्माणमा रसियासँग हातेमालो गर्दै अघि बढ्ने बताए ।

इरानले रसियासँग सहकार्य गर्दै यसअघि सन् २०११ मा पनि करिब एक हजार मेगावाट विद्युत् उत्पादन गरेको छ । इरानसँग कोइला तथा अन्य पेट्रोलियम पदार्थको प्रयो गरी ७५ हजार मेगावाट विद्युत् निर्माण निर्माण गर्न सक्ने क्षमता रहेको छ । इरानले आगामी १५ वर्षभित्र २० हजार मेगावाट विद्युत् आणविक शक्तिद्वारा निर्माण गर्ने लक्ष्य राखेको छ । रासस/एपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.