२०७३ भदौ २६ गते ११:१५ विकासन्युज
काठमाडौं, २६ भदौ । देवः विकास बैंकको डेपुटी कार्यकारी प्रमुख(सिइओ)मा नरेशसिंह बोहोरा नियुक्त भएका छन ।
विगत १५ वर्ष भन्दा बढी समय देखि बैकिङ क्षेत्रमा कार्यरत बोहरा यसअघि नारायणी नेशनल फाईनान्समा प्रमुख कार्यकारी अधिकृत थिए । उनी प्रमुख कार्यकारी भएका बेला सन् २०१४ मा उत्कृष्ट फाइनान्स कम्पनीको अवार्ड समेत पाएको थियो ।
नारायणी नेशनललाई सनराईज बैंकले अक्वाएर गरेपछि बोहोराले राजीनामा गरेका थिए । आइतबारदेखि नै बोहोराले देवः विकास बैंकमा कार्यभार सम्हालिसकेका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.