नेपालको इन्टरनेट महंगो, विश्वाशिलो नहुँदा २ वटाको सेवा लिनुपर्ने वाध्यता

  २०७३ भदौ २६ गते १:१२     विकासन्युज

काठमाडौं २६ भदौ । नेपालमा आधा दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनी छन्। यी कम्पनीबीच कसले सस्तो शुल्कमा उत्कृष्ट सेवा प्रदान गर्ने भन्ने प्रतिस्पर्धा नै चलेको छ । तर, पनि नेपालमा इन्टरनेट सेवा महंगो भएको समाचार आइतबारको आजको अन्नपूर्ण पोष्टमा छापिएको छ।business-internet
अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालको इन्टरनेट सेवा शुल्क निकै महँगो छ। शुल्क महंगो भए पनि त्यस अनुसारको सेवा उपलव्ध छैन। तोकिएबमोजिम इन्टरनेट सेवा प्रयोगकर्ताले प्रयोग गर्न पाएका छैनन्।

नेपालमा इन्टरनेटको अन्तर्राष्ट्रिय गेट वे एउटै मात्र हुनुनै इन्टरनेट शुल्क महंगो हुने प्रमुख कारण हो। एउटै मात्र अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे हुँदा एकाधिकार बजार सिर्जना भएको हो।

नेपालमा अहिले भारतको बाटो भएर मात्र इन्टरनेट ल्याउने गरिएको छ।यसका कारण आइएसपीले चाहेर पनि सस्तोमा सेवा दिन सकेका छैनन । आइएसपीले दिएको सेवा विश्वासिलो नभएकै कारण अधिकांश कम्पनी तथा संस्थाले दुईवटा इन्टरनेटको सेवा लिनुपरेको छ ।

यसको कारण एक त नेपालमा इन्टरनेट महंगो अर्को दोहोरो खर्च भएको पनि उल्लेख छ । विभिन्न कर्पोरेट हाउस, वित्तिय संस्था तथा धेरै समय इन्टरनेटमै काम गर्नुपर्ने कार्यालयले एउटाले काम नगर्दा वा एउटा विग्रदा अर्को सेव प्रयोग गर्न सकिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.