संसद छाडेर एनजीको गोष्ठीमा, भत्ता संसदको सहभागि एनजीओको

<p>काठमाडौं २५, भदौ । संविधान कार्यान्वयनसम्बन्धी महत्वपूर्ण विधेयक पारित गर्ने कार्यसूचीमा संसद बैठक चलरहेको बेला शुक्रबार मध्याह्नतिर नयाँ बानेश्वरस्थित संसद भवनको पार्किङमा कडा सुरक्षा घेरा पार गर्दै दुई वटा हरियो नम्बर प्लेटका माइक्रो बस थिए । सधै निझी र सरकारी नम्बर प्लेटक सवारी साधनले खचाखच हुने क्षेत्रमा ठडिएका यी विशेष सवारी बारे खासै कसैले चासो [&hellip;]</p>

काठमाडौं २५, भदौ । संविधान कार्यान्वयनसम्बन्धी महत्वपूर्ण विधेयक पारित गर्ने कार्यसूचीमा संसद बैठक चलरहेको बेला शुक्रबार मध्याह्नतिर नयाँ बानेश्वरस्थित संसद भवनको पार्किङमा कडा सुरक्षा घेरा पार गर्दै दुई वटा हरियो नम्बर प्लेटका माइक्रो बस थिए ।parliament_Nepal

सधै निझी र सरकारी नम्बर प्लेटक सवारी साधनले खचाखच हुने क्षेत्रमा ठडिएका यी विशेष सवारी बारे खासै कसैले चासो दिएनन् ।

सांसद, पत्रकार र कर्मचारीका साधनमा समेत संसद सचिवालयबाट जारी प्रवेश पास चाहिने क्षेत्रमा भित्र्याइएका ती पर्यटकवाहक माइक्रो बसको रहस्य त्यतीबेला खुल्यो, जब संसद बैठकमा गणपुरक संख्या नपुगेर उच्च अदालत गठनका लागि अत्यावश्यक विधेयक पारित गरियोस् भनि प्रस्ताव निर्णयार्थ पेश हुन सकेन ।

संसदको कार्यव्यवस्था शाखाका अनुसार शुक्रबारको बैठकमा ३ सय ६६ सांसदले उपस्थथितिको हाजिर गरेका छन् । संविधानसभाबाट रूपान्तरित भइ ५ सय ९५ सदस्य रहेको सदनमा सांसदहरूको यो उपस्थिति आफैंमा ज्यादै न्यून हो ।

उपस्थितिमध्ये पनि २ सय ४० सांसद त कार्यसूचीको सर्वाधिक महत्वपूर्ण विषय आउनुअगावै सदन बंक गरिसकेको समाचार शनिबारको कन्तिपुर दैनिकमा खबर छ । संसदहरु हाजिर गरेर आइएनजीओको कार्यक्रममा जाने क्रम बढेको छ । संसद भवनभित्रैबाट वसमा ओसारिने यी संसद हाजिरमा तीन सय ६६ जना छन भने गन्दा एक सय ६६ जना मात्रै रहेको छ ।

Share News