पन्ध्र हजार बेरोजगार युवालाई तालिम दिने प्रशिक्षक तयार

  २०७३ भदौ १९ गते १०:५५     विकासन्युज

enterprenuerकाठमाडौँ, १९ भदौ । देशभरका १५ हजार बेरोजगार युवालाई तालिम दिने प्रशिक्षकलाई तालिम दिइएको छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले घरेलु तथा साना उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिका २२ कर्मचारीलाई तालिम दिएको हो ।

चौधदिने उद्यमशीलता विकास तालिमको समापन गर्दै घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नविनकुमार झाले औद्योगिक विकासका लागि लघु तथा घरेलु उद्योगको ठूलो भूमिका रहेको बताउ ।

उन्ले भन्े, “सरकारीस्तरबाट सञ्चालन भएका ठूला उद्योगमध्ये करिब ९० प्रतिशत बन्द भइसकेको अवस्थामा साना तथा घरेलु उद्योगका ठूलो भूमिका छ ।” निर्देशक झाले उद्यमशील उद्यमीमार्फत लघु, घरेलु तथा साना उद्योगको विकास हुने बताउ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराईले उद्यमी निर्माणमा प्रशिक्षकको ठूलो भूमिका रहने उल्लेख गर्दै स्वदेशमा रहेको युवा जनशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ युवा उद्यमशीलता विकास तालिम गरिएको बताउ ।
तालिम लिइएका प्रशिक्षार्थीलाई समितिका कार्यकारी निर्देशक झाले प्रमाणपत्र प्रदान गरेक्ँ ीथ्उ । प्रशिक्षार्थी प्रशिक्षकले जिल्ला–जिल्लामा गएर तालिम दिनेछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.