२०७३ भदौ १७ गते ९:०४ विकासन्युज
काठमाडौं, १७ भदौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको संचालक समितिको अध्यक्षमा विजयवहादुर श्रेष्ठ चयन भएका छन् । भदौ १५ गते बसेको कम्पनीको संचालक समितिको २६३ औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा सर्वसहमतिले चयन गरेको हो ।
कम्पनीको सर्वसाधरण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्दै श्रेष्ठ २०५४ साल देखि निरन्तर रुपमा कम्पनीको संचालक समिति सदस्य भै कार्य गरि रहेका छन् । उनले दिल्ली विश्व विद्यालयबाट वित्त तथा बजार शास्त्रमा स्नातकोतर गरेका हुन् ।
हालसम्म कम्पनीले केन्द्रीय कार्यालय तथा २० वटा शाखा कार्यालयहरुबाट निरन्तर ग्राहकहरुलाई बीमा सेवा प्रदान गरि रहेको छ । त्यसका साथै, कम्पनीले आगामी दिनमा समेत बीमा सेवालाई अझ परिस्कृत गरि प्रविधिमा आधारित सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.