सनराइज बैंकले दियो उद्यमीलाई तालिम

<p>काठमाडौं, १६ भदौ । सनराइज बैंक लिमिटेडले उद्यमीलाई आधारभूत कर तथा लेखा नीति सम्बन्धी दोस्रो अभिमुखिकरण तालिमको दिएको छ । बैंकले प्रसिद्ध चाटर्ड एकाउन्टेण्ट सुदर्शनराज पाण्डेद्धारा उद्यमीहरुलाई आधारभुत कर तथा लेखा अभिमुखिकरण तालिम दिएको हो । सो कार्यक्रमको उद्घाटन बैंकका सहायक महाप्रबन्धक रबिन कुमार नेपालले गरेका थिए । आधुनिक सूचना प्रविधिको विकास संगसंगै व्यवसाय संचालममा [&hellip;]</p>

काठमाडौं, १६ भदौ । सनराइज बैंक लिमिटेडले उद्यमीलाई आधारभूत कर तथा लेखा नीति सम्बन्धी दोस्रो अभिमुखिकरण तालिमको दिएको छ । बैंकले प्रसिद्ध चाटर्ड एकाउन्टेण्ट सुदर्शनराज पाण्डेद्धारा उद्यमीहरुलाई आधारभुत कर तथा लेखा अभिमुखिकरण तालिम दिएको हो ।

sunrise_bank_training

सो कार्यक्रमको उद्घाटन बैंकका सहायक महाप्रबन्धक रबिन कुमार नेपालले गरेका थिए । आधुनिक सूचना प्रविधिको विकास संगसंगै व्यवसाय संचालममा पर्न सक्ने समस्याहरु र व्यवसाय संचालन पूर्व अपनाउनुपर्ने सामान्य विधिहरुको बारेमा जानकारी दिएको छ । साथै व्यवसायलाई अपेक्षित रुपमा बृद्धि गर्नु उद्यमीको प्रमुख चुनौती रहेको परिवेश र यथार्थलाई मध्यनजर राख्दै बैंकले आफ्ना ग्राहक वर्गमा वित्तीय परामर्श पुर्याउने हेतुले सनराइज बैंक एडभाइजरी सेलको स्थापना गर्ने बैंकले बताएको छ ।

यस बैंक “हामी संग संगै” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको अवस्थामा आफ्ना ग्राहकहरुलाई “आधारभूत कर तथा लेखा नीति” सम्बन्धि सामान्य जानकारी दिने उद्देश्यले आफ्ना क्रियाकलापहरूको शुरुवात गरी भविष्यमा अझ सशक्त भूमिका निर्वाह गरी थप कार्यक्रमहरु संचालनमा ल्याउने प्रतिबद्घता व्यक्त गरेको छ । बैंकले विशुद्ध रुपमा नाफामूलक क्रियाकलापमा मात्र आफ्ना गतिविधिहरुलाई सीमित नराखी संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) वहन गर्ने अभिप्रायले यस्ता कार्यक्रमको तर्जुमा गर्न गईरहेको जानकारी गराएको छ ।

कार्यक्रममा उद्यमीहरूलाई सामान्य लेखाशास्त्रका सिद्धान्त, चालुपूँजी व्यवस्थापनका आधारभूत नियमहरुको बारेमा जानकारी दिइएको छ । नेपाल सरकारको कर नीति, कर विवरण तयार गर्दा ध्यान दिनुपर्ने सामान्य कुराहरु, कर दाखिला तथा चुक्ता प्रमाण हुन् । यसका साथै, व्यवसाय संचालन गर्दा ध्यान दिनुपर्ने अन्य सामान्य कुराहरु जस्तै व्यवसायिक योजना, वजार प्रबद्र्धन तथा बिक्री, व्यवसायिक वातावरणको विश्लेषण गरिएको थियो ।

Share News