एक लाख ८३ हजार भूकम्प पीडितले पाए घर बनाउन ५० हजार

  २०७३ भदौ १३ गते ४:३०     विकासन्युज

anudan_bitaranकाठमाडौं, १३ भदौ । एक लाख ८३ हजार ६ सय ४२ भूकम्प पीडितले घर बनाउन पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार स्थानिय विकास मन्त्रालय मार्फत भूकम्प पीडितको बैंक खातामा पहिलो किस्ता वापतको सो रकम जम्मा गरिएको हो । पीडितले आफुले चाहेको समयमा खातामा रहेको रकम झिकेर प्रयोग गर्न सक्नेछन् ।

यसैबिच, हालसम्म ३ लाख ९२ हजार २ सय १८ घरधनीसँग अनुदान सम्झौता भैसकेको छ । अनुदान सम्झौता भएको एक साता भित्रै पीडितको बैंक खातामा पहिलो किस्ताको रकम जम्मा गर्ने व्यवस्था गरिएको छ । भूकम्प पीडितलाई सरकारले दुई लाख रकम निजी आवास निर्माणका लागि दिने भनेको छ । सो रकम तीन किस्तामा दिने भनेको छ । पहिलो किस्तामा ५० हजार, दोश्रोमा ८० हजार र तेश्रोमा ७० हजार दिने कार्यबिधी रहेको छ ।

पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि ४५ दिन भित्र भूकम्प पीडितलाई पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ दिने निर्णय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.