एक लाख भूकम्पपीडितको बैंक खातामा ५० हजार जम्मा, एक सातामा थप ५५ हजार परिवार थपिने

  २०७३ भदौ ७ गते ३:११     विकासन्युज

काठमाडौं ७, भदौं । सरकारले एक लाख नेपालीको खातामा घर पुनर्निमाण गर्न ५० हजारको पहिलो किस्ता जम्मा गरिदिएको छ ।
अघिल्लो वर्ष वैशाखमा गएको भूकम्पले पूर्ण क्षति पुुगेका घरलाई सरकारले अनुदानवापत दिने घोषणा गरेको दुई लाख रुपैयाँमध्येको पहिलो किस्तावापतको रकम सोमबारसम्म एक लाख १ हजार १ सय ४८ घरधनीको बै‌ंंक खातामा रकम गरिदिएको संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले जानकारी दिएको छ ।
nepali-rupee
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार ३ लाख ७४ हजार ४ सय ५६ घरधनीसँग अनुदान सम्झौतासम्पन्न भएकोमा एक लाखलाइ भने पहिलो किस्ताको पैसा पनि वितरण भएको उल्लेख छ ।

मन्त्रालयको अनुसार अवको एक सातामा थप ५५ हजार परिवारको खातामा पहिलो किस्ताको पैसा जाने भएको छ ।
सरकारले १६ जिल्लालाई भूकम्प प्रभावितको सूचीमा राखेको भएपनि हाल ११ जिल्लामा मात्रै यस्तो अनुदानको सम्झौता गरेर रकम पठाएको जानकारी दिएको छ ।

सरकारले अनुदानको पहिलो किस्ता पठाउनेमा सबैभन्दा अगाडि गोरखा जिल्ला रहेकोे छ । गोरखामा ३३ हजार ८ सय भूकम्पपिडितिले पहिलो किस्ता पाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.