नबिल बैंकलाई सर्वोत्कृष्ट वाणिज्य बैंकको सम्मान

  २०७३ भदौ ६ गते ११:४९     विकासन्युज

काठमाडौं, ६ भदौ । नबिल बैंंकले “तेस्रो न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६” मा “सर्वोत्कृष्ट वाणिज्य बैंक” सम्मान प्राप्त गरेको छ । उद्योग तथा वाणिज्य महासंघका पूर्व अध्यक्ष रवि भक्त श्रेष्ठले राजधानीमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीलाई सो पुरस्कार हस्तान्तरण गरेका हुन् ।

nabil_best_bankउक्त अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतले भने “ प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु बैंकको गौरव हो र विषम आर्थिक तथा राजनैतिक अस्थिरताका बावजुद बैंकले इच्छाए अनुसारको कार्य सम्पादन गर्न सक्नु भनेको बैंकका हिस्सेदारहरुको हितको संरक्षण प्रति बैंकको अथक प्रयत्नको स्पष्ट प्रमाण हो ।”

बैंकका अनुसार गत आर्थिक वर्षमा बैंकको खुद मुनाफा २ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । जसले यस बैंकलाई निजीका बैंकहरु मध्येमा शिर्ष स्थानमा नै कायम राखेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.