गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले रियो ओलम्पिकमा

  २०७३ भदौ ६ गते ४:२५     विकासन्युज

shesh-ghale_Rio1काठमाडौं, ६ भदौं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले ब्राजिलको रियो दि जेनेरियामो भइरहेको ओलम्पिक २०१६ मा सहभागी भएका छन् । ओलम्पिकमा सहभागी भएर घलेले नेपाली खेलाडीको हौसला बढाएका हुन् ।

अगष्ट २० तारिखमा नेपाल सहभागी तेक्वाण्डो खेलमा उपस्थीत भएका अध्यक्ष घलेले नेपाली खेलाडीलाई शुभकामना समेत दिएका थिए । साथै उनले नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतका पदाधिकारीसँग भेटेर नेपालको सहभागीता र उपलब्धीबारे छलफल पनि गरेका थिए ।

अध्यक्ष घलेले ओलम्पिक जस्ता अन्तर्राष्ट्रिय खेलमा गैरआवासीय नेपाली प्रतिभाहरुलाई नेपालका तर्फबाट सहभागी बनाउनुपर्ने सुझाव दिए । गैरआवासीय नेपाली किशोरी गौरिकाको प्रस्तुतीको स्मरण गर्दै उनले बिदेशको नेपाली समुदायमा गौरिका जस्ता धेरै प्रतिभा रहेको दावी समेत गरेका थिए ।

यसैबिच, घलेले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति ब्राजिलको बिशेष साधारणसभालाई सम्बोधन पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.