स्ट्याण्डर्ड चार्टर्ड बैंक एशिया प्रमुख नेपालमा, अर्थपूर्ण औपचारिक भ्रमण

  २०७३ भदौ ६ गते २:४९     विकासन्युज

Ajaya_scकाठमाडौं, ६ भदौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकका आसियान तथा दक्षिण एशिया क्षेत्रीय प्रमुख कार्यकारी अजय कन्वल दुई दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आइपुगेका छन् । यो उनको पहिलो औपचारिक नेपाल भ्रमण हो ।

उनले नेपाल भ्रमणको अवधिमा विभिन्न सरकारी निकायका उच्च पदस्थ कर्मचारीसँग भेटघाट गर्ने योजना रहेको स्टाण्डर्ड चार्टर्ड बैंक नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनी सन् २०१५को अक्टोबर १ देखि यो पदमा कार्यरत छन् । यसअघि उनी उत्तरपुर्वी एशियाली मुलुकका क्षेत्रीय प्रमुख कार्यकारी थिए । उनले कन्जुमर बैंकिङको क्षेत्रीय प्रमुख, विभिन्न मुलुकमा स्ट्राटेजिक डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट प्रमुख भएर पनि काम गरेका थिए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा ७५ प्रतिशत सेयर लगानी स्ट्याण्डर्ड चार्टर्ड ग्रुपका रहेकोले उनले नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनको भ्रमणलाई औपचारिक भनिएको छ र उनले नेपाल भ्रमणको समयमा विभिन्न सरकारी निकायका उच्च पदस्थ कर्मचारीसँग भेटघाट गर्ने योजना रहेको स्टाण्डर्ड चार्टर्ड बैंक नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्र बैंकका अधिकारीहरुसँगको भेटमा पुँजी वृद्धि लगायत राष्ट्र बैंकले लिएका नीति र नेपालको बैकिङ बजारबारे महत्वपूर्ण छलफल हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.