सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा दाङमा

  २०७३ भदौ ५ गते १२:२०     विकासन्युज

काठमाडौं, ५ भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दाङ्ग जिल्लामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ सो स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको हो ।

citizen_branch_dang

दाङ्ग जिल्लामा आयोजित एक कार्यक्रममा पुर्याउने सो शाखा सम्बन्धित शाखा प्रमुख, पवनकाजी खत्रीले सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् । सो जिल्लाको गडवा गा.वि.समा सेवा संचालनका लागि स्थानीय व्यवसायी प्रदिप शर्मालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराई राखेको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा उल्लेखिय विश्वास र बैंकिङ्ग सभ्यता बनेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.