सानिमा बैंकले ल्यायो भिसा डोमेस्टिक क्रेडिट कार्ड

  २०७३ भदौ ५ गते ६:१०     विकासन्युज

काठमाडौं, ५ भदौं । सानिमा बैंकले भिसा डोमेस्टिक क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ । नेपाल तथा भारतका भिसा कार्ड स्विकार गर्ने सम्पूर्ण एटिएम र व्यापारिक केन्द्रहरुमा यो कार्ड सहज रुपमा प्रयोग गर्न सकिने छ । सिमित अवधिका लागि व्यापारिक केन्द्रहरुमा कार्ड प्रयोग गर्दा खरिद रकमको १० प्रतिशत अर्थात अधिकतम ५ सम्म रकम फिर्ता हुनेछ ।

यो योजना यही आश्विन २०७३ सम्म जारि भएका क्रेडिट कार्डले २०७३ कार्तिक मसान्त सम्म व्यापारिक केन्द्रहरुमा गरेका कारोबारहरुमा प्राप्त गर्न सक्नेछन् । यस अघि नै बैंकले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रयोग गर्न सकिने भिसा डोमेस्टिक डेबिट, डलर डेबिट तथा डलर ट्राभल कार्डहरु संचालनमा ल्याइसकेको छ ।

साथै निकट भविष्यमै डलर क्रेडिट कार्ड जारी गर्ने योजना रहेको बैंकले जनाएको छ । बैंकले हाल ४७ वटा एटिएम सञ्चालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.