आरबीआई गभर्नरमा उर्जित पटेल नियुक्त, राजनको मौद्रिक नीतिले निरन्तरता पाउने

  २०७३ भदौ ५ गते ४:४४     विकासन्युज

rbi_gonernor_urjit_pateकाठमाडौं, ५ भाद्र । भारतीय रिजर्व बैंक(आरबीआई)को गभर्नरमा उर्जित पटेल नियुक्त भएका छन् । रघुराम राजनको गभर्नर कालमा पटेलले मौद्रिक नीति विभागसहित डेप्युटी गभर्नरको नेतृत्व गरेका थिए । पटेललाई सरकारको नियुक्ती समितिले रिजर्व बैंकको गभर्नरका लागि सिफारिस गरेको हो ।

पटेलले आगामी तीन बर्षसम्म भारतीय रिजर्व बैंकको नेतृत्व गर्नेछन् । ५२ बर्षका पटेललाई गत जनवरीमा आगामी तीन बर्षका लागि दोश्रो कार्यकाल डेप्युटी गभर्नरमा नियुक्त गरिएको थियो । भारतीय अर्थतन्त्रको स्थिरतामा ठुलो योगदान गरेका गभर्नर रघुराम राजनका निकटस्थ मानिएका पटेलको नियुक्तीले मोदी सरकार पनि राजनकै मौद्रिक नीतिलाई अघि बढाउने मनस्थितीमा पुगेको विश्लेषण गरिएको छ ।

पटेलले अमेरिकाको येल युनिभर्सिटीबाट विद्यावारिधी गरेका थिए । रघुराम राजनले कायम गराएको मुद्रास्फिति दरलाई नियन्त्रणमा राख्नु पटेलको चुनौतीका रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.