आरम्भ माईक्रोफाईनान्सको थप दुई शाखा सिन्धुली र सिन्धुपाल्चोकमा

  २०७३ भदौ १ गते ६:५३     विकासन्युज

Logo---Aarambha-Microfinancकाठमाडौं, १ भदौ । आरम्भ माईक्रोफाईनान्स वित्तीय संस्थाले आफ्नो थप दुई शाखा सिन्धुली र सिन्धुपाल्चोकमा विस्तार गरेको छ । संस्थाले भदौ १ गते बुधबारदेखि सिन्धुलीको खुर्कोट र सिन्धुपाल्चोकको सुकुटेमा शाखा कार्यालयहरु सञ्चालन गरेको छ ।

निकट समयमै संस्थाले थप पाँच पहाडि जिल्लाहरुमा आफनो कार्यक्षेत्र बिस्तार गरी थप शाखा कार्यालय स्थापनाको लागि आवश्यक गृहकार्य गरि नेपाल राष्ट्र बैंकमा निवेदन दिएको संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । संस्थाले आर्थिक बर्ष २०७३/०७४ मा मात्रै थप करिब २४ करोड लगानी गरी ११ हजार भन्दा बढि घर परिवारलाई लघुवित्तीय सेवा उपलव्ध गराउने लक्ष्य लिएको छ ।

वित्तीय संस्थाले आफनो पूँजी वृद्धिका लागि भदौ १८ गते विशेष साधारण सभा समेत बोलाएको छ । पूँजी वृद्धि पश्चात संस्थाको जारी शेयर पूँजी ४ करोड रुपैयाँ तथा चुक्ता पूँजी २ करोड ४ लाख रुपैयाँ हुने कम्पनीले जनाएको छ । साथै आर्थिक बर्ष २०७४/०७५ मा सर्वसाधारणको लागि शेयर निष्कासन गर्नेसंस्थाको योजना रहेको छ । हाल संंस्थाको १३ वटा शाखाहरु सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.