२०७३ भदौ १ गते ६:१० विकासन्युज
काठमाडौं, १ भदौ । बीमा समितिले एलआइसी नेपालको प्रमुख कार्यकारी (सिइओ) बन्न आएका भारतीय नागरिकलाई सिइओ बन्नवाट रोकेको छ । बिमकको सुशासन सम्बन्धि निर्देशिकाले तोकेका मापदण्ड नपुगेको भन्दै एलआइसी इन्डियाले पठाएको सुभाषचन्द्र पटनायकलाई सिइओ बन्नबाट रोकेको हो ।
यसअघिका सिइओ पिआर मिश्राको कार्यकाल सकिएपछि एलआइसी इन्डियाले पटकनायकलाई नयाँ सिइओको रुपमा पठाएको थियो । मिश्रा आफ्नो कार्यकाल सकेर भारत फर्किएको केही महिना विते पनि कम्पनीको वेबसाइटमा मिश्रालाई नै सिइओ भनेर उल्लेख गरिएको छ ।
‘नयाँ सिइओको लागि अनुमति मागिएको थियो, कम्पनीले प्रस्ताव गरेको ब्यक्तिको शैक्षिक योग्यता सुशासन निर्देशिकाले तोके अनुसार नभएकोले अस्वीकृत गरियो,’ समितिका एक अधिकारीले भने ।
ती अधिकारीका अनुसार पटनायकको शैक्षिक योग्यता स्नातक पास मात्रै थियो । निर्देशिकामा स्नातकोत्तर तह पास गरेको हुनुपर्ने भन्ने ब्यवस्था छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.