सिद्धार्थ बैंकको ग्राहकहरुलाई ग्राण्डी अस्पतालमा छुट

  २०७३ साउन ३२ गते १०:५८     विकासन्युज

काठमाडौं, ३२ साउन । सिद्धार्थ बैंकले आफनो ग्राहकहरुलाई थप सुविधा दिने उदेश्यले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार अब सिद्धार्थ बैंकका ग्राहकहरुले ग्राण्डी अस्पतालले प्रदान गर्ने शैया, प्याथोलोजी, रेडियोलोजी, शल्यक्रिया र अन्य सेवा उपयोग गर्दा विशेष छुट पाउने भएका छन् ।

siddhartha_grandy

बैंकका अनुसार यो छुट वहिरंग, औषधि, वेलनेस चेकअप र प्रत्यारोपणमा भने पाइने छैन । सिद्धार्थ बैंकका ग्राहकहरुले सेवा उपभोग गरि सिद्धार्थ बैंकको भिसा कार्डबाट भुक्तानी गर्दा यो छुट पाउने बैंकले जनाएको छ ।

सिद्धार्थ बैकका पेमेन्ट सेलुसन्स डिपार्टमेन्टका प्रमुख सुरेश राज महर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मार्केटिङ्ग तथा व्यापार प्रवद्र्धन प्रमुख प्रतिक तिवारीले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.