सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा कैलालीमा

  २०७३ साउन ३१ गते १०:३८     विकासन्युज

काठमाडौं, ३१ साउन । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा कैलालीमा विस्तार गरेको छ । बैंकले देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यले कैलाली जिल्लाको मसुिरया बजारमा सो सेवा शुरू गरेको हो ।

BLB-pic--Final

बैंकको सुख्खड शाखाका प्रमुख सुरेन्द्र शाहीको उपस्थितिमा मसुिरया बजार व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र देवकोटाले सोमबार मसुिरया बजारमा आयोजित एक समारोहका बीच यस बैंकको दशौं शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् ।

सो अवसरमा शाहीले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्देश्य प्रष्ट पारेका छन् । साथै, उनले शाखारहित बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि सूर्यप्रसाद पौडेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । बैंकको शाखाहरु नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठाको छापबाट कारोबार गरिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.