२४ बाणिज्य बैंकको नाफा ३१ अर्ब ५१ करोड, यी हुन पहिलो पटक अर्ब कमाउने ७ बैंक

  २०७३ साउन ३१ गते ४:५७     नारायण पौडेल

काठमाडौं, ३१ साउन । २४ वटा बाणिज्य बैंकहरुले २०७३ असार मसान्तसम्ममा ३१ अर्ब ५१ करोड ८५ लाख नाफा कमाउन सफल भएका छन् । आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका २४ वटा बैंकले सो मात्रामा नाफा कमाउन सफल भएका हुन् ।

यीमध्ये १६ वटा बैंकले एक अर्ब भन्दा बढि नाफा कमाउन सफल भएको देखिन्छ । तीमध्ये ७ वटा बैंकले पहिलो पटक अर्ब भन्दा बढि नाफा कमाउन सफल भएका छन् । २४ वटा बाणिज्य बैंकले २०७२ साल असार मसान्तसम्मको तुलनामा २०७३ साल असार मसान्तसम्ममा २ अर्ब ९२ करोड नाफा बढाउन सफल भएका हुन् । सो अवधीमा तिनै २४ वटा बाणिज्य बैंकहरुले २८ अर्ब ५९ करोड रुपैंयाँ नाफा कमाउन सफल भएका थिए ।

कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य बैंकको नाफा घटेकाले बाणिज्य बैंकहरुको कुल नाफामै कमि देखिएको हो । कृषि विकास बैंकको नाफा ३ अर्ब ६० करोडबाट घटेर २ अर्ब ५७ करोडमा सिमित भएको छ भने राष्ट्रिय बाणिज्य बैंकको नाफा ६ अर्ब ६४ करोडबाट घटेर २ अर्ब ६४ करोेडमा खुम्चिएको छ । यी दुई बैंकका अलवा स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा पनि एक अर्ब २९ करोडबाट घटेर एक अर्ब २६ करोडमा सिमित भएको छ । बाँकी सबै बैंकको नाफामा उल्लेख्य सुधार आएको देखिन्छ ।
1234

यी हुन पहिलो पटक अर्ब कमाउने ७ वटा बाणिज्य बैंक
एनएमबी बैंक, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई, सिटिजन्स बैंक र एनआइसी एसिया बैंक पहिलो पटक एक अर्ब नाफा कमाउन सफल भएका हुन् ।

२०७२ असार मसान्तसम्म ५० करोड ३८ लाख नाफा कमाउन सफल भएको एनएमबी बैंकले २०७३ असार मसान्तसम्ममा एक अर्ब २० करोड खुद नाफा कमाएको छ । २०७२ असार मसान्तसम्ममा ७७ करोड नाफा कमाएको सिद्धार्थ बैंक पनि एक अर्ब २४ करोड नाफा कमाउँदै अर्ब कमाउने सूचिमा उक्लिएको छ ।

त्यस्तै, नेपाल बंगलादेश बैंकले पनि आफुलाई अर्ब नाफा गर्ने बैंकका रुपमा स्थापित गराएको छ । २०७२ असार मसान्तसम्ममा ८१ करोड ३९ लाख नाफा कमाएको बैंकले २०७३ असार मसान्तसम्ममा एक अर्ब १९ करोड नाफा कमाउन सफल भएको छ ।

प्राइम कमर्सियल बैंक पनि अर्ब नाफा कमाउने सूचिमा समावेश भएको छ । अघिल्लो असार मसान्तसम्मा ७४ करोड नाफा कमाएको प्राइमले यसपालीको असार मसान्तसम्ममा भने एक अर्ब १२ करोेड नाफा कमाउन सफल भएको हो ।
ग्लोबल आइएमई बैैंक पनि पहिलो पटक अर्ब कमाउने बैंकको सूचिमा उक्लिन सफल रह्यो । २०७२ असार मसान्तसम्ममा जम्मा ९६ करोड ६ लाख नाफा कमाएको बैंकले २०७३ असार मसान्तसम्ममा भने एक अर्ब ३९ करोड खुद नाफा कमाउन सफल भएको छ ।

अघिल्लो पटक ७२ करोड ३ लाख नाफा कमाएको सिटिजन्स बैंकले पनि एक अर्ब १० करोेड नाफा आर्जन गरेर अर्ब कमाउने सूचिमा आफ्नो नाम लेखाएको छ । त्यस बाहेक एनआइसी एसिया बैंक पनि अर्ब कमाउने बैंकको सूचिमा नव प्रवेशी बनेको छ । एनआइसी एसिया बैंकले २०७३ असार मसान्तसम्ममा एक अर्ब ७ करोड नाफा कमाउन सफल भएको देखिन्छ । जबकी बैंकले २०७२ असार मसान्तसम्ममा जम्मा ६८ करोेड ३ लाख नाफा कमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.