सगरमाथा सिमेन्टको डिलर मिट पोखरामा सम्पन्न

  २०७३ साउन २५ गते ११:२६     विकासन्युज

काठमाडौं, २५ साउन । घोराही सिमेन्ट इन्डस्ट्री प्रालिद्वारा उत्पादित सगरमाथा सिमेन्टले पोखरामा आरोही २०७३ (डिलर मिट) सम्पन्न गरेको छ ।

PR-PIC-(1)
कलाकार निमा रुम्बाको मनोरञ्जनात्मक कार्यक्रमकाबीच सम्पन्न सो कार्यक्रममा सर्वोकृष्ट बिक्रेता, उत्कृष्ट बिक्रेता र उत्कृष्ट भूक्तानीको पुरस्कार साथै कदर पत्र हस्तान्तरण गरिएको थियो ।

समारोहमा देशभरका ३५० भन्दा बढी बिक्रेता कार्यक्रममा सहभागी थिए । कार्यक्रममा आदित्य सराफले नेपालले स्वदेशमै अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट उत्पादन गर्न सक्षम भएको बताउँदै सगरमाथा सिमेन्ट दिनप्रति दिन लोकप्रिय बन्दै गईरहेको जानकारी दिए ।

घोराही सिमेन्टले केएचडी हुमबोल्डट जर्मन प्रविधिबाट उत्पादित नँया रोलर पे्रस मेसिनबाट २ हजार मेट्रिकटन प्रतिदिन गुणस्तरीय सगरमाथा सिमेन्ट उत्पादन लिएर नेपाली बजारमा आइसकको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.