पिछडिएका समुदायलाई अधिकार उपलब्ध गराउन माग

  २०७३ साउन २५ गते ७:५६     विकासन्युज

काठमाडौं, २५ साउन । नेपाल आदिवासी जनजाति महासङ्घले संविधान संशोधनबाट आदिवासी, जनजाति तथा पिछडिएका वर्गका समुदायलाई अधिकार उपलब्ध गराउन माग गरेको छ ।

महासङ्घले २२औँ विश्व आदिवासी दिवसका अवसरमा आज आयोजना गरेको पदयात्राको शुभारम्भ गर्दै महासङ्घका अध्यक्ष नगेन्द्रकुमार कुमालले आदिवासी जनजातिसँग विगतमा सरकारसँग भएका सहमति संविधानमा समावेश नभएकाले संविधान संशोधन गरी अधिकारको प्रत्याभूत गर्नुपर्नेमा जोड दिए । सांसद कुमालले मातृ भाषामा शिक्षाको व्यवस्था गर्नुपर्ने माग पनि गरे ।

सङ्घीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठले मुलुकको सुरक्षा तथा विशिष्ट संस्कृतिलाई संरक्षण गरेर बसेका आदिवासीलाई पहिचान सहितको अधिकार दिनुपर्नेमा जोड दिए । संयुक्त राष्ट्र सङ्घले विश्वका आदिवासीको संस्कृति संरक्षण गर्ने उद्देश्यले २२ वर्ष अगाडिदेखि अन्तर्राष्ट्रिय रुपमा नै दिवस मनाउन लागेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.