२०७३ साउन २३ गते ३:०५ विकासन्युज
काठमाडौं, २३ साउन । सिद्धार्थ डेभलपमेन्ट बैंकको नाफा १३२ दशमलब १६ प्रतिशतले बढेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा आफ्नो नाफा १३२ दशमलब १६ प्रतिशतले वृद्धि गरेर ३३ करोड १३ लाख पुर्याएको हो ।
बैंकले २०७२ असार मसान्तसम्म्ममा जम्मा १४ करोड २७ लाख नाफा आर्जन गरेको थियो । बैंकले आर्जन गरेको नाफामा १६ करोड २० लाख रुपैंयाँ भने राइट ब्याकबाट प्राप्त भएको छ । बैंकले आफ्नो खराब कर्जालाई ४ दशमलब शुन्य ४ प्रतिशतबाट घटाएर २ दशमलब ४१ प्रतिशतमा झारेको छ ।
बैंकले सो अवधीमा १२ अर्ब ३२ करोड निक्षेप संकलन गरेर १० अर्ब ५८ कर्जा तथा सापटी प्रवाह गरेको देखिन्छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.