२०७३ साउन २१ गते ८:३१ विकासन्युज
काठमाडौं, २१ साउन । सरकारले अघिल्लो सरकारद्धारा फितारिस १४ जना राजदुतको नाम फिर्ता गरेको छ । अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दलिया कोटामा सिफारिस गरेका १४ राजदुतहरुको नाम प्रचण्ड सरकारले फिर्ता लिएको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषदको दोश्रो बैठकले राजदूत नियुक्तिको सिफारिस फिर्ता लिने निर्णय गरेको हो । संसदीय सुनुवाई विशेष समितिमा प्रस्ताबित राजदूतहरुको सुनुवाई शुरु भइसकेको थियो । नाम फिर्ता गरिएका प्रस्तावित राजदुतहरुमा एमालेबाट महेन्द्रवहादुर पाण्डे, डा।खड्गवहावदुर केसी, नाराद भारद्वाज वाग्ले,डा।शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की छन् ।
त्यस्तै माओवादीका युवनाथ लम्साल, लक्की शेर्पा, महेन्द्र प्रसाद सिंह र पदम सुन्दास छन् । राप्रपा नेपालको कोटामा सिफारिस गरिएका निरन्जन थापा र भरतबहादुर रायमाझीको नाम पनि फिर्ता भएको छ । त्यसबाहेक
खगेन्द्र बस्न्यात र शर्मिला पराजुली ढकालको नाम फिर्ता भएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.