साउन २२ गते रोयल इन्फिल्ड हेरिटेज राइड हुने

  २०७३ साउन २१ गते ७:१०     विकासन्युज

Cisrकाठमाडौं, २१ साउन । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सको आयोजनामा शनिबार अर्थात साउन २२ गते रोयल इन्फिल्ड हेरिटेज राइड हुने भएको छ । उक्त हेरिटेज राइड भक्तपुर दरबार स्क्वायरमा पुगेर समापन हुने छ । हेरिटेज राइडमा रोयल इन्फिल्ड बाइक राइडरहरु सहभागी हुने छन् ।

हेरिटेज राइड रोयल इन्फिल्डको नक्सालस्थित नयाँ सोरुमबाट प्रारम्भ हुनेछ । हेरिटेज राइडले दरबारमार्ग, न्युरोड, रत्नपार्क, त्रिपुरेश्वर, कुपन्डोल, जावलाखेल, पुल्चोक, मंगलबजार, ग्वार्को, रोयल इन्फिल्ड सोरुम बालकुमारी, कोटेश्वर, ठिमी, सल्लाघारी हुँदै भक्तपुर दरबार स्क्वायर पुग्ने छ ।

दरबार स्क्वायरमा पुगेर विविध गतिबिधिका साथ हेरिटेज राइड समापन हुने आयोजकको भनाइ छ । टु ह्विल टुरिज्म तथा वल्र्ड हेरिटेज साइटको प्रबद्र्धन गर्नु नै यसको मूख्य उद्देश्य भएको आयोजकको भनाइ छ । उक्त ¥याली नक्साल , लक्ष्मणवावु भवनबाट शनिबार बिहान ७ बजे देखि सुरु हुने आयोजकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.