मेगा बैंकमा ७७ जनालाई जागिर खुल्यो, भदौ १ गतेभित्रै आवेदन पेश गर्नुपर्ने

  २०७३ साउन १९ गते ४:४२     विकासन्युज

mega-Bankकाठमाडौं, १९ साउन । मेगा बैंक नेपालले ७७ जनाका लागि जागिर खुलाएको छ । बैंकले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै आवेदन मागेको हो । बैंकले मेनेजर २ जना, अफिसर २९ जना र ४६ जना एसिसटेन्ट लेभलका लागि आवेदन खुल्ला गरेको हो ।

बैंकले एक जना मेगा माइक्रो बैंकिङ मेनेजर र एक जना भैरहवा शाखाको लागि ब्राञ्च मेनेजर खोजेको छ । त्यस्तै, अफिसर लेभलका लागि कानुन, कर्जा, मानव संसाधन, पुर्वाधार फाइनान्सिङ लगायतको क्षेत्रका लागि ११ जना मागेको हो । बैंकले भदौं १ गतेभित्रै आवेदन पेश गरिसक्नुपर्ने जनाएको छ ।
अन्तिम छनौटमा परेका प्रतिष्पर्धीहरुले मेगा बैंकको काठमाडौं, नेपालगञ्ज, बिरगञ्ज, पोखरा, बुटवल, भैरहवा, सुनवल, तानसेन, नारायणगढ, तौलिहवा लगायतका क्षेत्रमा रहेका शाखाहरुमा काम गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.