सेञ्चुरी बैंकको ८५ लाख कित्ता हकप्रद सेयर आयो, भदौ ५ देखि निष्काशन

  २०७३ साउन १९ गते ४:०९     विकासन्युज

centurybankकाठमाडौं, १९ साउन । सेञ्चुरी कमर्सियल बैंकले हकप्रद सेयरको बिक्रि खुल्ला गरेको छ । बैंकले ८५ लाख २२ हजार ४ सय कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कुल चुक्ता पुँजीको १० बराबर ३ कित्ताको अनुपातमा प्रति कित्ता एक सय रुपैंयाँ मुल्य अंकित सेयर भदौं ५ गतेबाट निष्काशन सुरु भएर असोज ९ गते बन्द हुनेछ ।

२ अर्ब ८५ करोड चुक्ता पुँजी रहेको बैंकले पुँजी वृद्धिको योजना अनुसार हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई बिक्रि प्रबन्धक तोकेको छ । सिभिल क्यापिटलको कार्यालय कमलादी र सेञ्चुरी बैंक लिमिटेडका शाखा कार्यालयहरुबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.