ज्योति विकास बैंकको विज्ञ सञ्चालकमा अधिकारी नियुक्त

  २०७३ साउन १७ गते ९:२४     विकासन्युज

काठमाडौं, १७ साउन । ज्योति विकास बैंकको विज्ञ सञ्चालकमा जगदिश्वरप्रसाद अधिकारी नियुक्त भएका छन् । साउन १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई दोश्रो कार्यकालका लागि विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अधिकारीको दोश्रो कार्यकाल साउन १३ गतेबाट सुरु भएको छ । उनले आगामी चार बर्षसम्म कम्पनीको विज्ञ सञ्चालकको जिम्मेवारी सम्हाल्नेछन् । कम्पनीले विज्ञ सञ्चालकमा अधिकारी रहेको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.