शुभेच्छा विकास बैंकको निमित्त कार्यकारी निर्देशक जैसावाल

  २०७३ साउन १६ गते १०:५५     विकासन्युज

Sanju-Jaiswal-active_executing_director_suvekchhya_dev_bankकाठमाडौं, १६ साउन । शुभेच्छा विकास बैंकको निमित्त कार्यकारी निर्देशकमा सञ्जुप्रसाद जैसावाल नियुक्त भएका छन् । साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जैसावाललाई बैंकको निमित्त कार्यकारी निर्द्देशकमा नियुक्त गरेको हो ।

बैठकका अनुसार जैसावालले साउन १६ गतेबाट कम्पनीको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नेछन् । यस अघि उनले विकास बैंकको व्यवस्थापन प्रमुखको रुपमा काम गरेका थिए ।

यसअघि बैंकको कार्यकारी निर्देशकको जिम्मेवारी दक्क्षप्रसाद श्रेष्ठले समालेका थिए । सो बैठकले श्रेष्ठको राजीनामा दिने निर्णयको स्वीकृति गरेपछि बैंकले जैसावाललाई नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.