इलामको जोगमाई जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न

  २०७३ साउन १६ गते ७:५७     विकासन्युज

इलाम, १६ साउन। इलामको जोगमाई खोलामा निर्माणाधीन जोगमाई खोला साना जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । ७.६ मेगावाट क्षमताको उक्त आयोजनाको एक हजार ५०० मिटर लामो सुरुङ निर्माण गरिएको हो ।

विसं २०७१ मङ्सिर ५ गते जोगमाई खोलापट्टिबाट सुरुङ खन्न सुरु गरेको आयोजनाले ५७३ दिन काम गरेर सुरुङ निर्माण कार्य सम्पन्न गरेको आयोजनाको प्रवद्र्धक कम्पनी सानभी इनर्जी प्रालिका संस्थापक भानु पोखरेलले जानकारी दिए ।

सुरुङ निर्माणको कामसँगै आयोजनाको ७५ प्रतिशत काम सकिएको पनि प्रालिका अर्का संस्थापक पाल्देन काजीले बताए । यसअघि आयोजनाको सुरुङको सेतीखोलादेखि ४०० मिटर हेडरेस पाइप र एक हजार २४३ मिटर पेनस्टक पाइपको काम पनि लगभग निर्माण सम्पन्न भइसकेको काजीले बताए ।

आगामी मङ्सिर महिनासम्ममा आयोजनाको काम सम्पन्न गरी केन्द्रीय प्रसारण लाइनमा विद्युत् जोड्ने तयारी भइरहेको पनि संस्थापक पोखरेलले जानकारी दिए । आयोजनादेखि गोदकस्थित सबस्टेसनसम्म लाइन पु¥याउन पोल गाड्ने काम भइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.