योगासन गरी गिनिज बुकमा नाम लेखाउने मोक्तान सम्मानित, कसरी गर्छन उनले योग ?

  २०७३ साउन १४ गते १३:५२     विकासन्युज

बनेपा, १४ साउन । योग साधनामार्फत गिनिज बुकमा नाम लेखाउन सफल भएका काभ्रेपलाञ्चोकको फोक्सिङटारका उत्तम मोक्तानलाई आज बनेपामा सम्मान गरिएको छ ।

योगासनमा उत्तम मोक्तान

योगासनमा उत्तम मोक्तान

नेपाल स्कुल परियोजनाले नवौँ वार्षिक साधारणसभाको अवसरमा मोक्तानलाई सम्मान गरेको हो । उनले ५० घन्टा १५ मिनेट योगासन गरी भारतका योगराज सिपीले बनाएको योग म्याराथनको रिकर्ड तोडेका थिए ।

UTTAM-MUKTANसो अवसरमा बोल्दै मोक्तानले योग समग्र जीवनको दर्शन भएको उल्लेख गर्दै युवा पिँढीलाई कुलतमा नफस्न आग्रह गरेका छन् । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका अध्यक्ष भूमिनन्द देवकोटाले योगले मानव जीवनलाई गति प्रदान गर्ने उल्लेख गर्दै मानवीय जीवनलाई स्फूर्त बनाउन योगले सहयोग गर्ने बताए ।

 

परियोजनाका अध्यक्ष रकमसिंह घलानको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग समितिका केन्द्रीय सदस्य गुबेन तौजलेलगायतले योगले नयाँ जीवन दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.