ग्लोबल आइएमई बैंक र नेपाल ओलम्पिक कमिटीबीच प्रायोजन सम्झौता

  २०७३ साउन १३ गते १२:५७     विकासन्युज

काठमाडौं, १३ साउन । बिहीबार ग्लोबल आइएमई बैंक र नेपाल ओलम्पिक कमिटीबीच प्रायोजन सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकले सन् २०१६ अगस्ट ५ देखि २१ सम्म ब्राजिलको राजधानी रियो दि जेनेरियोमा सञ्चालन हुन गईरहेको ओलम्पिक २०१६ मा सहभागिता जनाउने खेलाडीहरुको लागि आवश्यक पर्ने जर्सि, ट्रयाक्सुट लगायतका अन्य सामाग्री प्रायोजन गर्ने भएको छ ।
global_olympicप्रायोजन सम्बन्धि सम्झौतामा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटा तथा ओलम्पिक कमिटीको तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकले ओलम्पिकमा सहभागिता जनाउने राष्ट्रिय टिमका खेलाडी, प्रशिक्षक, टिम म्यानेजरलाई जर्सि, टिर्सट, क्याप, ट्रयाक्सुट तथा स्र्पोर्ट किट प्रायोजन गर्नेछ ।

ग्लोबल आइएमई बैंकले खेलकुदको माध्यमबाट नेपाललाई अन्तराष्ट्रिय स्तरमा परिचित गराउने खेलाडीलाई प्रोत्साहन स्वरुपे जर्सि तथा स्र्पोर्ट किट प्रायोजन गरेको हो । सिङ्गो खेल जगतको विकासमा योगदान पुगोस भन्ने उद्धेश्यले बैंकले यसअघि पनि बिभिन्न समयमा सहयोग गर्दै आएको छ । खेलकुद क्षेत्रमा ग्लोबल आइएमई बैंकले बिशुद्ध बैंकिङ्ग सेवा मात्र नभएर सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.