२०७३ साउन १३ गते ४:०७ विकासन्युज
काठमाडौं, १३ साउन । नेपाल बैंक लिमिटेडमा ८१ जनाका लागि जागिर खुलेको छ । बैंकले बिहिबार सार्वजनिक सूचना प्रकाशित गर्दै खल्ला तथा समावेशी कोटामा ८१ जनाका लागि दरखास्त आव्हान गरेको हो । बैंकले प्रकाशित गरेको सूचना अनुसार उप प्रबन्धक(कानुन) एक जना, सहायक प्रबन्धक(आइटी) खुल्लामा ३ जना, महिला, आदीवासी/जनजाति र मधेशी एक/एक जनाका लागि जागिर खुलेको हो ।
त्यस्नै आइटीकै बरिष्ठ सहायक खुलला तर्फ ६ जना मागिएको छ भने महिला २, आदीवासी/जनजाति, मधेशी र दलित एक/एक जनाका लागि दरखास्त आव्हान गरिएको छ । सहायक तर्फ खुल्लामा ३५ जना, महिला ९ जना, आादिवासी/जनजाति ८ जना, मधेशी ६ जना, दतिल ३ जना र अपांग तथा पिछडिएको क्षेत्रबाट एक जनाका लागि दरखास्त आव्हान गरिएको हो ।
व्यवस्थापन तथा अर्थशास्त्र विषयमा स्नातक गरेकादेखि कम्प्युटर तथा सूचना प्रबिधी बिषयमा बिसिआइएस, बिआइएम बराबरको कोर्ष तथा कानुनमा स्नातकोत्तर गरेकाले आवेदन दिन सक्नेछन् । नेपाल बैंकले १५ दिनभित्र आवेदन भरिसक्न भनेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.