जगदम्बा सिमेन्टको “आऔं सबै मिलि देश बनाऔं” अभियान

  २०७३ साउन १० गते ८:३५     विकासन्युज

jagadamba_logoकाठमाडौं, १० साउन । जगदम्बा सिमेन्टले “आऔं सबै मिलि देश बनाऔं” अभियान सुरु गरेको छ । समृद्ध राष्ट्र निर्माणका लागि भन्दै ५ वर्षदेखि मेरो देश मेरो जगदम्बा सिमेन्ट अभियान सञ्चालन गरेको कम्पनीले सोही अभियानको विस्तारका रुपमा आऔं सबै मिलि देश बनाऔं अभियान सार्वजनिक गरेको हो ।

१५ वर्ष देखि भैरहवा तथा वीरगञ्जबाट जगदम्बा सिमेन्टले ५२ हजार बोरा सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । भूकम्प र नाका बन्दीबाट पाठ सिक्दै नेपालको विकास समग्र नेपालीहरुको प्रयासबाट मात्र हुनसक्ने सन्देशका साथ नयाँ अभियान ल्याएको कम्पनीले जनाएको छ ।