स्वच्छ प्रविधि मार्फत खानेपानीमा पहुँच र व्यवसायीक खेतीमा एनसेलको सहयोग

  २०७३ साउन ६ गते १२:१८     विकासन्युज

काठमाडौं, ६ असार । देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले स्याङ्जा जिल्लाका तीन गाउँलाई स्वच्छ प्रविधिमार्फत खानेपानीमा सजिलै पहुँच पुर्याउन र व्यावसायीक खेतीका लागि सहयोग प्रदान गरेको छ । यो सहयोगको कारणले गर्दा दैनिक घण्टौ लगाएर खानेपानी संकलन गर्नपर्ने वाध्यताबाट स्थानिय बिसिन्दा विशेषता महिलाले मुक्ति पाएका छन् र साथ साथै परिवारको आय आर्जनमा वृद्धि गर्न पनि ठूलो योगदान पुर्याएको छ ।

Dipka-Hydram-Pumpएनसेलले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत स्याङ्जाका एलादी, दिप्का र ठुलादी गाउँका ७५ घरपरिवारलाई जीवनस्तर उकास्न सहयोग गर्दै पानीको बहुउपयोगका लागि सुविधा प्रदान गरेको छ र स्थानिय बासिन्दालाई थोपा सिचाई मार्फत बढि मुल्य पर्ने तरकारी खेतीमा संलग्न भई अतिरिक्त आय आर्जन गर्ने अवसर प्रदान गरेको छ ।

यो सहगोग कार्यक्रम अन्र्तगत एनसेलले यी तीनै गाउँहरुमा तल खोलाबाट पानी तानेर माथि गाउँमा ल्याउन मिल्ने हाईड्रोलिक र्याम पम्प जडान गरिदिएको छ । यसका साथै गाउँको उच्च भागमा पानी ट्याङ्की निर्माण र सो ट्याङ्कीबाट पानी वितरण गर्न मिल्ने पुर्वाधारको निर्माणमा पनि सहयोग गरेको छ । हाईड्रोलिक र्याम पम्प एक स्वच्छ उर्जा प्रविधि हो जसको माध्यामबाट खोलामा बगेको पानीलाई हावा र पानीको प्रेसरबाट माथि ट्याङ्कीमा पठाईन्छ ।

स्याङ्जाका यी तीन गाउँहरु डाडाँमा अवस्थित छन् र विशेषत महिलाहरुलाई तल रहेको खोलाबाट दैनिक झण्डै पाँच घण्टा लगाएर खानेपानी बोक्न पर्ने अवस्था थियो । “हामी जस्ता महिलालाई सबै भन्दा ठूलो आवश्यकता भनेको पानी नै रहेछ । सरसफाई गर्न, बिरुवामा लगाउन पानी नै चाहिएको छ । प्रत्येक घरायसी काममा पानी नै चाहिन्छ,” दिप्काकी विष्णु माया क्षेत्रीले भनिन् । “पहिला मैले परम्परागत बाली लगाए र अब पानीको सुविधा पछि हामीले मौसमी र बेमौसमी तरकारीहरु लगाईरहेका छौ । हामी तरकारीहरु बेच्छौ र राख्छौ ।,” पानीको सुविधाबाट लाभ लिईरहेकी दिप्काकी सिता खारेले बताईन् ।

यो कार्यक्रम लागु हुनु पुर्व भरपर्दो पानीको स्रोत अभावका कारणले यी तीन गाउँका बासिन्दाहरुलाई निर्वाहमुखी कृषिमा भर पर्नुपर्ने अवस्था थियो र कम पोषण र सरसफाईका समस्याहरु पनि थिए । महिलाहरुलाई आय आर्जनका लागि उत्पादन मुलक गतिविधिमा संलग्न हुने धेरै कम अवसरहरु थियोे । अहिले, यी तीन गाउँका ७५ परिवारका ४२० मानिसहरु र एक प्राथमिक विद्यालयले पानीको सुविधाबाट लाभान्वित भएका छन् । यसले गर्दा उनीहरुले थोपा सिचाईबाट बढि मुल्य पर्ने तरकारीहरुको उत्पादन, फलफुलका बोट बिरुवामा सिचाई, गाईबस्तुलाई पानी लगायत घरायसी कामकाज र सरसफाई गर्न एकदम सजिलो भएको छ ।

“सम्बन्धित स्थानिय समुदायहरुनै यो परियोजनाको मालिक हुन्, उहाँहरुलाई व्यवसायीक खेती, लघु उघमको तालिम दिईएको छ र आफुले उत्पादन गरेको कृषि उपज बजारमा लैजानका लागि संबन्ध स्थापित गरिदिईएको छ । यो सम्पुर्ण प्रणालीको प्रभावकारी संचालनका लागि आवश्यक सबै सहयोग प्रदान गरिएको छ । समग्रमा भन्ने हो भने यो परियोजनाले गरिबी निवारणका लािग कसरी नयाँ प्रविधिको दिगो रुपमा अबलम्बन गर्न सकिन्छ भन्ने कुरा देखाउने उदेश्य लिएको छ ।,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

यो कार्यक्रम नेपालमा एक नौलो प्रविधि अबलम्बन गरिएको कार्यक्रम पनि हो । संभवत देशमा नै पहिलो पटक पानी वितरण प्रणालीमा सिम मिटरिङ्ग प्रविधि लागु गरिएको छ । यो प्रणालीमा सिमकार्डको सहयोगबाट के कति पानी घरायसी प्रयोजन र सिचाईका लागि आपुर्ति भयो भन्ने तथ्याङ्क हेर्न सकिन्छ । पानी वितरकले प्रत्येक घरपरिवारमा कति पानी प्रयोग भएको छ अनुगमन गर्न सक्छ र त्यही अनुसार लाभकर्ता परिवारलेसंचालन तथा मर्मत संभारका लागि शुल्क तिर्न सक्छन् ।

“यो कार्यक्रमलाई दिगोपना प्रदान गर्न तीनै गाउँमा समुदायमा आधारित संस्था स्थापना गरिएका छन् जसले यो प्रविधि तथा प्रणलीको स्वामित्व ग्रहण गरेको र यसलाई निरन्तरता दिनेछ । समुदायका सदस्यहरुलाई यो हाईड्राम प्रविधि संचालन र निरन्तरताका बारेमा तालिम पनि प्रदान गरिएको छ र एक योग्य स्थानिय कम्पनीलाई कुनै पनि बेला आवश्यक प्राविधिक सहयोग प्रदान गर्नका लागि दक्ष बनाईएको छ ।,” रिन्युएबल वल्र्डका वरिष्ठ प्राविधिक प्रबन्धक बाबुराम पौडेलले भने । रिन्युएबल वल्र्ड यो कार्यक्रम संचालन गर्ने साझेदार संस्था हो ।

स्थानिय समुदायका सदस्यहरुलाई कसरी पानीको प्रगोग गरेर व्यवसायीक खेतीबाट फाईदा दिने भनेर तालिम लिएका छन् र कृषि उत्पादनहरु बेचेर आय आर्जन बढाउनका लागि बजारसंग सम्पर्क पनि स्थापित गरिएको छ । पानीको सुविधामा भएको सुधारबाट यी गाउँका घरपरिवारहरुले राम्रो पोषण पाउने र उत्पादनमा वृद्धिको कारणले गर्दा उनीहरुको परिवारको वार्षिक आय पनि २५ हजार रुपैयाँ भन्दा बढिले बढ्ने आशा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.