३९ हजार ७ सयले घरधुरीले पाए घर बनाउन ५० हजार

<p>काठमाडौं, ६ साउन । सरकारले ३९ हजार ७ सय २ परिवार भूकम्प पीडितलाई घर बनाउन ५० हजार रुपैंयाँ उपलब्ध गराएको छ । सरकारले निजी आवास निर्माणका लागि उपलब्ध गराउने भनिएको दुई लाखको पहिलो किस्ता वापत सो मात्रामा पीडितले ५० हजार पाएका हुन् । स्थानिय विकास मन्त्रालयका अनुसार हालसम्म २ लाख ६० हजार ८ सय २८ [&hellip;]</p>

काठमाडौं, ६ साउन । सरकारले ३९ हजार ७ सय २ परिवार भूकम्प पीडितलाई घर बनाउन ५० हजार रुपैंयाँ उपलब्ध गराएको छ । सरकारले निजी आवास निर्माणका लागि उपलब्ध गराउने भनिएको दुई लाखको पहिलो किस्ता वापत सो मात्रामा पीडितले ५० हजार पाएका हुन् ।
Untitled-1
स्थानिय विकास मन्त्रालयका अनुसार हालसम्म २ लाख ६० हजार ८ सय २८ परिवारसँग अनुदान सम्झौता सम्पन्न भैसकेको छ । त्यस्तै हालसम्म एक लाख ३४ हजार ४ सय ३ घरधुरीले गुनासो फारम भरेका छन् । सरकारले १२ जिल्लाका पाँच लाख ३३ हजार एक सय ५५ घरधुरीलाई अनुदान प्राप्त गर्न लायक लाभग्राहीको सूचिमा राखेको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले दशै अघि नै सबै पीडितलाई पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ उपलब्ध गराइसक्ने बताएको छ ।

Share News