भारतीय नाकाबन्दीको प्रभाव – चिनियाँ पर्यटक बढ्दै, भारतीय अाैसत अबस्थामा

  २०७३ साउन ५ गते १७:०१     विकासन्युज

काठमाडौं, ५ साउन। नेपालमा अाैद्यवगिक क्षेत्रमा समेत लगानीमा भारतलाई पछि पार्न लागेको चीनले पर्यटकको संङ्ख्यामा पनि उछिन्दै छ। विगत केहि बर्षदेखिको तथ्याङ्क हेर्ने हो भने भारतीयको तुलनामा चिनियाँ पर्यटकको नेपाल अागमन धेरै राम्रो देखिएको छ। भारतले लगाएको नाकावन्दीपछि भारतका भन्दा चिनियाँ पर्यटकहरु उल्लेख्य मात्रामा नेपाल घुम्न अाएका छन्।

 

अधिल्लो बर्ष सन् २०१५ मा चिनियाँ र भारतीय पर्यटक झन्डै बराबरीको संख्यामा भित्रिएको पर्यटन विभागकले जनाएको छ। यो वर्ष ७४ हजार ७ सय ७७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने भारतीय पर्यटकको संख्या योभन्दा १०७ मात्रैले बढी अर्थात् ७४ हजार ८८४ छ । वैशाखमा गएको भूकम्प र नाकाबन्दीका कारण सन् २०१५ मा समग्र पर्यटक आगमन ३२ प्रतिशतले घटेको थियो । यो तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा चिनियाँ पर्यटकको संङ्ख्या बर्षेनि धेरै प्रतिशतले बृद्धि भइरहेको छ।

chinese

सन् २०११ को नेपाल पर्यटन वर्षमा १ लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्यसहित प्रवद्र्धनात्मक कार्यक्रम सुरु गरिएको थियो । सोही कार्यक्रमले निरन्तरता पाइरहेकाले पनि चिनियाँ पर्यटकको आगमन वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

 

पर्यटन व्यावसायि र सरकारको ध्यान छिमेकी मुलुकमै केन्द्रित भएकाले चीन र भारत नै पर्यटनको मुख्य बजार भएको उनीहरुको बुझाइ रहेको छ। चिनियाँ नागरिक विश्वभर घुम्नेमा सबैभन्दा अग्रस्थानमा रहेकाले यसबाट नेपालले फाइदा लिन सकेमा अर्थतन्त्रमै राम्रो प्रभाव पर्ने सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.